एमाले सांसद गंगा चौधरीले सौतालाई कमलरी र श्रीमानलाई स्वकीय सचिव बनाएको खुलासा « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

एमाले सांसद गंगा चौधरीले सौतालाई कमलरी र श्रीमानलाई स्वकीय सचिव बनाएको खुलासा



काठमाडौं । भनिन्छ,‘राजनीति गर्ने नेता कार्यकर्ताको व्यक्तिगत जीवन हुँदैन’ । राजनेता, प्रधानमन्त्री, मन्त्री, सांसद भनेका सार्वजनिक व्यक्तित्व हुन् । उनीहरूको जीवनमाथि जनताको निगरानी हुनुपर्छ । त्यसैले नेताको विवाह, घर परिवार र छोराछोरीले के गर्छन् भनेर चर्चा परिचर्चा हुने गर्छ । सञ्चार माध्यममा यस्ता विषय खबरको विषय समेत बन्ने गर्छन् । नेकपा एमालेको राजनीतिमा निकै चर्चित पात्रको रूपमा कहलिएकी सांसद गङ्गा चौधरी पनि खबरको विषय बनेकी छिन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद गङ्गा चौधरीले दोस्रो बिहे गरेर आफ्नै ‘सौता’लाई दास बनाएर राखेको खुलासा भएको हो । सांसद चौधरीले दाङको राप्ती गाउँपालिका ७ बस्ने प्रहरी जागिरे नन्दलाल चौधरीसँग बिहे गरेकी हुन । नदलालका २ छोरी र एक छोरा हुँदाहुँदै प्रहरीको जागिरको प्रलोभनमा उनीसङ दोस्रो बिहे गरेको चौधरीमाथि आरोप छ । दोस्रो बिहे गरेकी गङ्गा अहिले सांसद भएपछि आफ्नै सौतालाई तथानाम गाली गलौज गर्ने घरमा कमलरी जस्तै बनाएर दास बनाएकी छिन् ।

गङ्गाकी सौताका छोराछोरी भएको उमेर पनि धेरै भइसकेकाले अन्त बिहे गर्न सक्ने अवस्था छैन त्यही देखेर गङ्गाले अपमानपूर्ण व्यवहार गर्ने गरेको स्थानीय बासी बताउँछन् । प्रहरी सेवाबाट निवृत्त भएका आफ्नै श्रीमान् नन्दलाललाई उनले स्वकीय सचिव बनाएकी छिन् । श्रीमान् तथा स्वकीय सचिवले प्रहरीबाट आउने पेन्सन रकम समेत पहिलो पत्नीलाई नदिने गरेको स्थानीयवासी बताउँछन् । अधिकार र समानताको चर्को भाषण गर्दै हिँड्ने चौधरीको आफ्नै परिवारमा भने चरम अन्याय रहेको स्थानीयवासी बताउँछन् । कैलालीको तत्कालीन प्रतापपुर गाविस ६ खमारियामा जन्मेकी गङ्गाले सोही ठाउँकै तुलसी चौधरीसँग बिहे गरेकी थिइन् । त्यति बेला गङ्गाले तीन छोराछोरी भएको तुलसीसँग विवाह गरेकी थिइन् ।

पूर्व सांसद मोहनसिंह राठौरको स्वकीय सचिव भएका तुलसीसँग उनले सत्ताको प्रभावमाकै कारण विवाह गरेको चौधरी निकट एक एमाले कार्यकर्ता बताउँछन् । त्यति बेला तुलसीले गङ्गालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गङ्गाले अन्तिममा तुलसीसँग अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसङ सम्बन्ध विच्छेद भएको वर्ष दिन बित्न नपाउँदै गङ्गाले फेरी अर्को विवाह गरेकी थिइन् ।

जातीय थरुहट आन्दोलनबाट नयाँ शक्ति हुँदै एमाले प्रवेश गरेकी उनले चुनावमा नयाँ शक्ति र एमाले दुवैमा आफ्नो नाम राखेकी थिइन् । यस विषयमा प्रतिक्रिया लिन सांसद चौधरीको मोबाइल नम्बरमा फोन गर्दा उनले फोन उठाइनन् । कोरोना महामारीका बीच चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर समेत चौधरीको घरमा भेटिएको थियो । उक्त घटनापछि समेत चौधरी निकै विवादित बनेकी थिइन् । दियो पोष्टबाट ।


प्रतिक्रिया दिनुहोस !


मोदीका दूत एस जयशंकरले धम्याएको ओलीको दाबी



आगामी विधान महाधिवेशनका लागि उनले तयार पारेको राजनीतिक प्रतिवेदनमा हाल भारतका विदेशमन्त्री रहेका जयशंकरले आफ्नो सुझावलाई मान्न दबाब दिएको जनाएका हुन् ।

‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवं परिणामम नराम्रो हुने धम्की दिएर फर्किए,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

जारी स्थायी कमिटीको बैठकमा सदस्यहरुबीच छलफलमा रहेको प्रतिवेदनमा नेपालको संविधान तयारी भएपछि जारी गर्नबाट रोक्नका लागि भारत प्रत्यक्ष रुपमा दबाब सिर्जना गरेको उल्लेख छ । ‘संविधान निर्माण हुँदैदेखि आफ्नो सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गर्दै आएको भारत सरकारले संविधान निर्माण भइसकेपछि जारी नगर्न प्रत्यक्ष दबाब सिर्जना गर्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफंनो सुझावविपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एव| परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।

प्रतिक्रिया दिनुहोस !

एमालेका पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था



काठमाडौं । नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था गरिने भएको छ । एमालेको विधान संशोधन प्रस्तावमा साविकको धारा ५६ को उपधारा १ र २ को सट्टामा धारा ७४ को उपधारा १ र २ को उल्लेख उल्लेख गरिएको छ ।

जसमा पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले अत्यावश्यक मासिक खर्चको व्यवस्था गर्ने उल्लेख गरिएको छ । पार्टीका नेता कार्यकर्तालाई काममा खटाउँदा हुने खर्चको व्यवस्था पनि काममा खटाउने सम्बन्धित कमिटीले गर्ने व्यवस्था गरिएको छ ।

जेष्ठ कम्युनिस्टलाई सम्मान

एमालेले जेष्ठ कम्युनिस्टलाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ । विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा सबै तहका कमिटीहरुले एक तह माथिल्लो कमिटीमार्फत पार्टीमा लामो समय योगदान गरेका र ७० वर्ष पुरा गरेका जेष्ठ कम्युनिस्टहरूलाई सम्मान गर्न केन्द्रीय कमिटीसमक्ष सिफारिस गर्ने उल्लेख गरिएको छ ।

विधानको धारा ७१ को उपधारा २ मा सिफारिस भएकाहरुको छानबिन गरी उनीहरुको अभिलेख राखेर केन्द्रीय कमिटीले परिचयपत्र प्रदान गर्ने र सम्मान गर्ने उल्लेख गरिएको छ । यसरी सम्मानित हुने जेष्ठ कम्युनिस्टहरूको मर्यादा सिफारिस गर्ने कमिटीको सदस्य सरह हुनेछ ।

एउटा पदमा दुई कार्यकाल बढी बस्न नपाउने 
विधानमा केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी समय बस्न नपाउने व्यवस्था गरिएको छ । यस्तै त्यस्ता पदाधिकारी बन्नका लागि ७० वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीमा पदाधिकारी वा सदस्यमा निर्वाचित हुन उम्मेदवार भएमा निज कार्यरत रहेको पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ । तर, पदेन सदस्यको हकमा भने यो व्यवस्था लागू हुनेछैन । स्थायी कमिटीले नेताहरुको सुझावसहित यो प्रतिवेदन केन्द्रीय समिति बैठकमा पठाउने निर्णय सोमबार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

संविधान दिवसमा आममाफी पाएका अपराधीको नाम सरकारले लुकायो



प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: