अमेरिकासँग सम्झौता र धम्की दिँदै ब्यालेस्टिक मिसाईलसम्मको उत्तर कोरियाको यात्रा (पूर्ण विवरण) « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

अमेरिकासँग सम्झौता र धम्की दिँदै ब्यालेस्टिक मिसाईलसम्मको उत्तर कोरियाको यात्रा (पूर्ण विवरण)



सन् १९८५ देखि अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न निरन्तर प्रयास गर्यो । तर उत्तर कोरियाले अमेरिकासँग सम्झौता र धम्की दिँदै ब्यालेस्टिक मिसाईल सम्मको यात्रा पार गरेको छ । अब उत्तर कोरियालाई आफ्नो काबुमा राख्न सक्ने स्थिति नै बाँकी रहेको छैन । करिब ४ दशकदेखि अमेरिकाले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी गरेको छ तर उत्तर कोरिया आफ्नो शक्तिराष्ट्र बन्ने दिशामा अग्रसर रहेको छ । अब उत्तर कोरियालाई सैन्य शक्तिका हिसाबले संसारका कुनै पनि देशले रोक्न सक्ने क्षमता नै देखिदैँन । हेरौँ सन् १९८५ देखि २०२१ सम्मको उत्तर कोरियाको परमाणु कार्यक्रमको यात्रा । अमेरिकासँग गरेको सन्धि र अमेरिकालाई दिएका धम्कीहरुका श्रृखलाहरु ।

१९८५
उत्तर कोरियाले आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर ।
१९९३
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले इन्स्पेक्टरहरुलाई दुई परमाणु फोहोर भण्डारण स्थलहरुमा पहुँच दिनुपर्ने माग गर्यो। जवाफमा, उत्तर कोरियाले सन्धि छोड्ने धम्की दियो तर अन्ततः संधिमा निरन्तरता दियो ।
१९९४
उत्तर कोरिया र संयुक्त राज्य अमेरिको बीचमा एक सम्झौतामा हस्ताक्षर। उत्तर कोरियाद्वारा आफ्नो पुरानो, ग्रेफाइट संचालित परमाणु रिएक्टरहरुलाई अन्तर्राष्ट्रिय सहयोगको बदलामा दुई नयाँ हल्का पानीको परमाणु रिएक्टर निर्माण गर्ने प्रतिज्ञा ।
२००२
२९ जनवरीमा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले उत्तर कोरिया, ईरान र इराकलाई आफ्नो स्टेट अफ युनियनको सम्बोधनको क्रममा दुष्टको धुरी भन्ने अभिव्यक्ति दिए । विनाशक हतियार खोजेर, यी देशका शासकहरु एक गम्भीर र बढ्दो खतरा पैदागरिरहेको बताए । अक्टोबरमा बुश प्रशासनले उत्तर कोरियाले १९९४ को सम्झौताको उल्लङ्घन गरी एउटा गोप्य आणविक हतियार कार्यक्रम संचालन गरेको स्वीकार गर्यो ।
२००३
जनवरी १० उत्तर कोरिया एनटीपी सन्धिबाट बाहिरियो। फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले योंगब्योन सुविधामा पाँच मेगावाटको परमाणु रिएक्टर पुनः सक्रिय गरेको र जसले हतियारको लागि प्लुटोनियम उत्पादन गर्न सक्षम रहेको पुष्टि गर्यो र त्यसपछि अप्रिलमा यो परमाणु हतियार भएको घोषणा गर्यो ।


२००५
उत्तर कोरिया अस्थायी रूपमा हतियारसहित आफ्नो सम्पूर्ण परमाणु कार्यक्रम त्याग्न सहमत । यसको सट्टामा संयुक्त राज्य अमेरिका, चीन, जापान, रुस र दक्षिण कोरियाले उत्तर कोरियालाई उर्जा सहायता प्रदान गर्ने र आर्थिक सहयोगलाई बढावा दिने बताए ।

२००६
जुलाईमा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाले कार्यक्रम स्थगित गर्न माग गर्दै एउटा प्रस्ताव पारित गर्यो । तर उल्टै अक्टोबरमा उत्तर कोरियाले आफ्नो पहिलो आणविक हतियारको सफल परीक्षण गरेको दाबी गर्यो । यो परीक्षणले संयुक्त राष्ट्रले उत्तर कोरियामाथि प्रतिबन्ध लगायो ।
२००७
फेब्रुअरी १३ मा उत्तर कोरिया ४० मिलियन डलरको सहायता प्याकेजको सट्टामा आफ्नो मुख्य परमाणु रिएक्टर बन्द गर्न सहमत भयो। सेप्टेम्बर ३० बेइजिंगमा ६ पक्षीय वार्तामा उत्तर कोरियाले आफ्नो परमाणु हतियार केन्द्रहरुलाई निष्क्रिय पार्ने शर्तमा एक सम्झौतामा हस्ताक्षर गर्यो । डिसेम्बर उत्तर कोरियाले आफ्नो हतियारलाई निष्क्रिय बनाउने समय सीमा गुमायो।
२००८
जून २ मा उत्तर कोरियाले योङव्योनको आणविक केन्द्रमा रहेको पानीको कूलिङ सिस्टम भत्कायो। डिसेम्बर बेइजिंगमा छ पक्षीय वार्ता भयो । उत्तर कोरियाले अन्तर्राष्ट्रिय निरीक्षकहरुलाई संदिग्ध परमाणु केन्द्रहरुमा प्रवेश गर्न नदिने अडान लिएपछि वार्ता भंग भयो ।
२००९
मे २५ मा उत्तर कोरियाले आफ्नो दोस्रो परमाणु परीक्षण गरेको घोषणा गर्‍यो। जून १२ संयुक्त राष्ट्र सुरक्षा परिषदले परमाणु परीक्षणको निन्दा गर्नुका साथै नयाँ प्रतिबन्ध लगायो।
२०१०
नोभेम्बर २० मा एक स्ट्यानफोर्ड युनिभर्सिटीका प्रोफेसरले उत्तर कोरियामा नयाँ आणविक संवद्र्धन सुविधा रहेको एक रिपोर्ट प्रकाशित गरे ।

२०११
अक्टोबरमा अमेरिकी अधिकारीहरुसँग २००८ मा टुटेको ६ पक्षीय परमाणु हतियार वार्ता पुनः सुरु गर्ने प्रयासमा स्विट्जरल्याण्डको जेनेभामा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग भेटघाट ।
२०१२
उत्तर कोरियालाई खाद्य सहायताको सट्टा देशको प्रमुख परमाणु केन्द्रमा लामो दूरीको मिसाइल प्रक्षेपण र परमाणु गतिविधिमा रोक लगाउन सहमत ।
२०१३
जनवरी २४ उत्तर कोरियाको राष्ट्रिय रक्षा आयोगले अमेरिकाको अवज्ञामा परमाणु परीक्षण र लामो दूरीको रकेट प्रक्षेपण जारी राख्ने बतायो । संयुक्त राज्य अमेरिकालाई कोरियाली जनताको शत्रुलाई बताउँदै परमाणु कारबाहीका लागि तयार रहेको घोषणा । फेब्रुअरी १२ तेस्रो परमाणु परीक्षण। किम जोंग उनको नेतृत्वमा गरिएको यो पहिलो परमाणु परीक्षण थियो । तीन हप्तापछि संयुक्त राष्ट्र संघले विरोधमा थप प्रतिबन्ध लगायो ।
२०१४
मार्च ३० र ३१ मा उत्तर कोरियाले अर्को परमाणु परीक्षण गर्ने चेतावनी दियो । अर्को दिन, दक्षिण कोरियासँगको समुद्री सीमा पार गरी सयौं गोला फायर । जवाफमा, दक्षिण कोरियाले उत्तर कोरियाली पानीमा करिब ३०० वटा गोला प्रहार गरी सीमामा लडाकु विमान पठायो ।
२०१५
मे सीएनएनसँग एक विशेष साक्षात्कारमा एक उत्तर कोरियाली थिंक ट्या्कका उप निर्देशकले मिसाइल मुख्य तारो संयुक्त राज्य अमेरिका हुने र अमेरिकाले जबरजस्ती गरे आफ्नो मिसाईल अमेरिकामा हमला गर्न सक्षम रहेको प्रतिक्रिया दिए । मे २० मा उत्तर कोरियाले परमाणु हतियारहरुको निर्माण गर्ने क्षमता रहेको प्रतिक्रिया । परमाणु मिसाइल निर्माणको लागी एक महत्वपूर्ण कदम पार गरेको दाबी । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले उत्तर कोरियालीहरुसँग त्यो क्षमता छ भन्ने संयुक्त राज्य अमेरिकालाई लाग्दैन भन्ने प्रतिक्रिया दिए । डिसेम्बर १२ मा उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो हतियारमा हाइड्रोजन बम थपेको दाबी गर्यो ।


२०१६
जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गर्यो । परीक्षणको एक दिनपछि, ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले संयुक्त राज्यले परीक्षण सफल भएको प्रमाण नभउको दाबी गरे । मार्चमा उत्तर कोरियाले आफुसँग लघु आणविक हतियार रहेको र जुन ब्यालिस्टिक मिसाइलहरुमा फिट हुने दाबी गर्यो । सेप्टेम्बरमा उत्तर कोरियाद्वारा परमाणु हतियार विस्फोट गरेको दाबी। दक्षिण कोरियाको मौसम विज्ञान प्रशासनका अनुसार विस्फोट १० किलोटनको विस्फोटक शक्ति भएको अनुमान ।

२०१७
जनवरी १ मा एक टेलिभिजन सम्बोधनमा किमले उत्तर कोरियाले चाँडै एक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गर्ने दाबी गरे । जनवरी ८ मा एक पत्रकार सम्मेलनमा अमेरिकी रक्षा सचिव ऐश कार्टरले संयुक्त राज्य अमेरिका वा उसका कुनै पनि सहयोगीहरुले उत्तर कोरियाली क्षेप्यास्त्र नष्ट गर्ने चेतावनी दिए । जनवरी १२ मा एक अमेरिकी रक्षा अधिकारीले उत्तर कोरियाले लामो दूरीको मिसाइल प्रक्षेपण ट्र्याक गर्न समुद्री आधारित रडार उपकरण तैनाथ गरेको बताए । जुलाई ४ मा उत्तर कोरियाले एक अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको पहिलो सफल परीक्षण गर्यो । जुन संसारको जुनसुकै ठाउँमा मार हान्ने क्षमताको रहेको थियो । जुलाई २५ उत्तर कोरियाले किमलाई सर्वोच्च नेताको पदबाट हटाउने प्रयास गरेमा अमेरिकाको मुटुमा परमाणु हमला गर्ने धम्की दियो ।

अगस्टमा उत्तर कोरियाले संयुक्त राज्य सुरक्षा परिषदले प्योङयोङको लामो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा नयाँ प्रतिबन्ध लगायो। अगस्तमा उत्तर कोरियाको सेनाले अमेरिकी क्षेत्र गुआमको वरपरका क्षेत्रहरुमा मध्यम देखि लामो दुरीको रणनीतिक ब्यालिस्टिक मिसाइल हान्न सक्ने चेतावनी दियो । जवाफमा उत्तर कोरियाको टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले अमेरिकालाई धम्की दिइरहने हो भने, यो संसारले कहिल्यै नदेखेको जस्तै आगो र क्रोधको सामना गर्नु पर्ने चेतावनी दिए । सेप्टेम्बर ३ मा उत्तर कोरियाले परमाणु हतियारको छैठौं परीक्षण गर्यो । जसको ६.३ म्याग्निच्युडको कम्पन मापन गरियो ।

उत्तर कोरियाले त्यो परिक्षण हाइड्रोजन बम रहेको र अन्तरमहादेशीय मिसाइलमा राख्न सकिने बतायो । एक परमाणु हतियार निगरानी समूहले १९४५ मा हिरोशिमामा खसालेको बम भन्दा आठ गुणा शक्तिशाली रहेको दाबी गर्यो । परीक्षणको जवाफमा ट्रम्पले उत्तर कोरिया अमेरिकाको लागी धेरै शत्रुतापूर्ण र खतरनाक बनिरहेको बताए । नोभेम्बर १ मा एक अमेरिकी अधिकारीले उत्तर कोरिया आफ्नो अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलको एक उन्नत संस्करणमा काम गरीरहेको र जसको क्षमता संयुक्त राज्य अमेरिका सम्म पुग्ने रहेको बताए । नोभेम्बर २८ मा एक दक्षिण कोरियाली मन्त्रीले उत्तर कोरियाले २०१८ मा लामो दूरीको ब्यालिस्टिक मिसाइलमा परमाणु हतियार प्रक्षेपण गर्ने क्षमता विकास गर्न सक्ने आँकलन गरे ।

२०१८
जनवरी २ मा अमेरिका राष्ट्रपति ट्रम्पले किमले आफ्नो डेस्कमा राखेको परमाणु बटनको तुलनामा आफूसँग निक्कै ठूलो र अधिक कार्यात्मक परमाणु बटन रहेको बताए । जनवरी १० मा ह्वाइट हाउसले ट्रम्प प्रशासन उत्तर कोरिया संग वार्ता गर्न इच्छुक रहेको घोषणा गरे । मार्च ८ मा किमले आफ्नो भेट गर्ने निमन्त्रणा स्वीकार गरेको बताए । १२ जून मा सिंगापुरमा ट्रम्प र किम को बीचमा लगभग ५ घन्टा को वार्ता भयो । एक नयाँ मित्रताको घोषणा संगै मात्र परमाणु निशस्त्रीकरणको अस्पष्ट प्रतिज्ञा संगै शिखर सम्मेलन समाप्त । डिसेम्बर ५ मा उपग्रहबाट उत्तर कोरियाले एक महत्वपूर्ण लामो दुरीको मिसाइल बेसलाई उल्लेखनीय रुपमा विस्तार गरेको र किमले अझै पनि आफ्नो शस्त्रागारमा विद्यमान प्रकारका परमाणु हतियारहरुको व्यापक उत्पादन र तैनाती गरेको रिपोर्ट बाहिर आए ।


२०१९
जनवरी १मा ट्रम्पले उत्तर कोरियाको परमाणु वार्ताका प्रमुख वार्ताकार किम योङ चोलसँग भेट गरे । आणविक निःशस्त्रीकरण र फेब्रुअरीमा हुने दोस्रो शिखर सम्मेलनबारे छलफल गरे। फेब्रुअरी २७ देखि २८ मा अमेरिका र उत्तर कोरियाको परमाणु कूटनीति वार्ताको दोस्रो चरणमा किमले आफ्नो देशबाट सबै अमेरिकी प्रतिबन्ध हटाउन आग्रह गरेपछि कुनै संयुक्त सम्झौता बिना अचानक समाप्त भयो । ट्रम्पले परमाणु हतियार निशस्त्रीकरणको दिशामा केही कदम चाल्न प्रस्ताव राखे तर उत्तर कोरिया सहमत भएन । मार्च १५ मा उत्तर कोरियाका विदेश मन्त्रीले अमेरिकाको मागहरु पूरा गर्ने कुनै चाहना नभएको बताए । मे ४ मा दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले २३० मिमि र ३०० एमएम मल्टिपल रकेट लन्चरको परीक्षण गरेको जानकारी दियो । जसमा एउटा रणनीतिक गाइड हतियारको नयाँ मोडल पनि छ। अक्टोबर २ मा उत्तर कोरियाले प्योङयोङ र वाशिंगटन आणविक वार्ता पुनः सुरु भएको एक दिन पछि पनडुब्बीबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक मिसाइल (एसएलबीएम) को नयाँ परीक्षण गरेको दाबी गर्यो ।

२०२०
मार्चमा अमेरिका र दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाले कम्तीमा तीनवटा अज्ञात प्रोजेक्टाइल प्रहार गरेको जानकारी दिए । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार भियतनामको हनोईमा किमको शिखर सम्मेलनको एक वर्ष पूरा भएको २८ फेब्रुअरीदेखि सैन्य अभ्यास सुरु भएको थियो । सैन्य अभ्यास मार्च २ सम्म जारी रह्यो, जवाफमा प्योंगयांगले तटीय शहर वोन्सान नजिकैको क्षेत्रबाट दुई मिसायल साण्डोक बाट ६५ किलोमिटर दक्षिणमा प्रहार गर्यो ।

२०२१
मार्च २४ मा उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्यो । प्रक्षेपणले ४५० किलोमिटर दूरी पार गरेको थियो । तर मिसाइलको सही प्रकार अझै स्पष्ट नरहेको अमेरिकाको दाबी छ ।

सीएनएनबाट नेपालीमा अनुवाद गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !


मोदीका दूत एस जयशंकरले धम्याएको ओलीको दाबी



आगामी विधान महाधिवेशनका लागि उनले तयार पारेको राजनीतिक प्रतिवेदनमा हाल भारतका विदेशमन्त्री रहेका जयशंकरले आफ्नो सुझावलाई मान्न दबाब दिएको जनाएका हुन् ।

‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवं परिणामम नराम्रो हुने धम्की दिएर फर्किए,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

जारी स्थायी कमिटीको बैठकमा सदस्यहरुबीच छलफलमा रहेको प्रतिवेदनमा नेपालको संविधान तयारी भएपछि जारी गर्नबाट रोक्नका लागि भारत प्रत्यक्ष रुपमा दबाब सिर्जना गरेको उल्लेख छ । ‘संविधान निर्माण हुँदैदेखि आफ्नो सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गर्दै आएको भारत सरकारले संविधान निर्माण भइसकेपछि जारी नगर्न प्रत्यक्ष दबाब सिर्जना गर्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफंनो सुझावविपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एव| परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।

प्रतिक्रिया दिनुहोस !

एमालेका पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था



काठमाडौं । नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था गरिने भएको छ । एमालेको विधान संशोधन प्रस्तावमा साविकको धारा ५६ को उपधारा १ र २ को सट्टामा धारा ७४ को उपधारा १ र २ को उल्लेख उल्लेख गरिएको छ ।

जसमा पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले अत्यावश्यक मासिक खर्चको व्यवस्था गर्ने उल्लेख गरिएको छ । पार्टीका नेता कार्यकर्तालाई काममा खटाउँदा हुने खर्चको व्यवस्था पनि काममा खटाउने सम्बन्धित कमिटीले गर्ने व्यवस्था गरिएको छ ।

जेष्ठ कम्युनिस्टलाई सम्मान

एमालेले जेष्ठ कम्युनिस्टलाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ । विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा सबै तहका कमिटीहरुले एक तह माथिल्लो कमिटीमार्फत पार्टीमा लामो समय योगदान गरेका र ७० वर्ष पुरा गरेका जेष्ठ कम्युनिस्टहरूलाई सम्मान गर्न केन्द्रीय कमिटीसमक्ष सिफारिस गर्ने उल्लेख गरिएको छ ।

विधानको धारा ७१ को उपधारा २ मा सिफारिस भएकाहरुको छानबिन गरी उनीहरुको अभिलेख राखेर केन्द्रीय कमिटीले परिचयपत्र प्रदान गर्ने र सम्मान गर्ने उल्लेख गरिएको छ । यसरी सम्मानित हुने जेष्ठ कम्युनिस्टहरूको मर्यादा सिफारिस गर्ने कमिटीको सदस्य सरह हुनेछ ।

एउटा पदमा दुई कार्यकाल बढी बस्न नपाउने 
विधानमा केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी समय बस्न नपाउने व्यवस्था गरिएको छ । यस्तै त्यस्ता पदाधिकारी बन्नका लागि ७० वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीमा पदाधिकारी वा सदस्यमा निर्वाचित हुन उम्मेदवार भएमा निज कार्यरत रहेको पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ । तर, पदेन सदस्यको हकमा भने यो व्यवस्था लागू हुनेछैन । स्थायी कमिटीले नेताहरुको सुझावसहित यो प्रतिवेदन केन्द्रीय समिति बैठकमा पठाउने निर्णय सोमबार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

संविधान दिवसमा आममाफी पाएका अपराधीको नाम सरकारले लुकायो



प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: