११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार



काठमाडौं । सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थितिबिना कुनै परिणाम आउदैन । पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ठाकुरले भने । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !