१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दशैंमा राष्ट्र बैंकले २ खर्बका नयाँ नोट ल्याउँदै, ४ गतेदेखि वितरण



नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए ।

‘क’ वर्गका बैंकहरुले समेत दसैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरैजसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आए पनि गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

अघिल्ला वर्षहरूमा घटस्थापना लागेपिछ मात्र सर्वसाधरणलाइ नयाँ नाेट वितरण गरिन्थ्याे ।  यसपालि समयमै बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ ।

कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस !