६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सभापति देउवाको जिल्ला डडेल्धुरामा पुनः अधिवेशन गर्न पौडेल पक्षको माग



जिल्ला सभापति कर्ण मल्लसहितले सदस्यता धाँधली देखाउँदै स्थगित गरेको वडा तहको अधिवेशन एकलौटी रुपमा गरिएको भन्दै पौडेल पक्षले अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बसेको पौडेल पक्षको केन्द्रीय सदस्यको बैठकले अधिवेशन अस्वीकार गर्दै निष्पक्ष महाधिवेशनको माग गरेका हुन् ।

‘देशको संविधान र पार्टीको विधानले तोकेको महाधिवेशनको समयसीमा नाघेर जानु, कांग्रेसका डडेल्धुरा जिल्ला सभापति र कार्यसमितिकै सभापति र कार्यसमितिकै सहभागिता र सहमतिलाई निषेध गरी कांग्रेस सभापतिले नै दिनुभएको वचन विपरित राज्यशक्ति र प्रशासनिक शक्ति दुरुपयोग गरी एकपक्षीय रुपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य परम्पराको खिल्ली उडाइएको छ’ पौडेल पक्षका तर्फबाट नेता रामचन्द्र पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो अमान्य छ, त्यसैले यसको हामी घोर भत्र्सना गर्दछौं र यथाशिघ्र विधि र प्रक्रिया अनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन होस् भन्ने जोडदार आग्रह गर्दछौं ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय