१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बागमती प्रदेशमा नयाँ सरकार बनाउने जिम्मा राजेन्द्र पाण्डेलाई, के होला मुख्यमन्त्री शाक्यको पद ?



नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ ।

खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन् । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए । त्यसको भोलिपल्ट खनालले मन्त्रीबाट राजीनामा दिएका थिए ।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिइन् । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !