१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

शाखा अधिकृतको विज्ञापन स्थगित, यस्तो छ कारण



काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरिएको आयोगद्धारा सोमबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ। लोकसेवा आयोगले शाखा अधिकृतको नतिजाका पर्खाइमा रहेका युवा युवतीहरुलाई झड्का लाग्ने गरी सूचना प्रकाशन गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशन गर्दै अधिकृतको नतिजा प्रकाशन स्थगन गरेको जनाएको छ ।

यस्तै यो निर्णयबाट संघको दरबन्दी लुकाएर प्रदेश र स्थानीय तहतिर लखेटिएका अधिकृतहरुलाई भने राहत मिलेको छ । आयोगका सूचना अनुसार,आयोगले विज्ञापन नं १६६९४–१६७००र०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको नतिजा प्रकाशन स्थगन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय