१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

गैँडाकोटमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु, २४ जना घाईते



नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु. प्र.–०२–००१ ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा तीन जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

बिहान ४ वजे भएको सो दुर्घटनामा परि २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए । मृतकहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय