६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

संसदमा एमालेको नाराबाजी चलिरहेकै बेला विनियोजन विधेयक बहुमतले पारित



काठमाडौं । विनियोजन विधेयक पारित गर्दै प्रतिनिधिसभा बैठक असोज ४ सम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जर्नादन शर्माले पेश गरेको विनियोजन विधेयक सभामुख अग्नि सापकोटाले बहुमतका साथ पारित भएको बताउँदै असोज ४ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । मंगलबारको बैठकमा पनि यसअघिजस्तै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीकै बीच अर्थमन्त्री शर्माले पेश गरेको विधेयक प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय