Saturday, September 25, 2021
spot_img

ट्रेन्डिङ :

प्रचण्डले वडा अध्यक्ष र माधवले वडा सदस्य पनि जित्दैनन् : ओली

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्को पार्टी चलाउनका लागि नभइ एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप लगाएका छन् । झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको बताए ।

ओलीले भने, यो पार्टीको १६ वर्षसम्म महासचिव भए । विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । आफूले माधव नेपाललाई प्रधानमन्त्री बनाए पनि काँध थाप्दा थाप्दै कांग्रेसले समेत सहयोग गर्दा पनि राजीनामा दिएर भागेको आरोप लगाए । पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने काम नेपालले गरेको ओलीको आरोप छ ।

ओलीले भने, हामीले काँधमा हालेका थियौं, तर म चलाउन सक्दिन भनेर भागे । राजीनामा दिएको हो, कसैले फालेको होइन । सकिन भनेर फालेर हिडेको होइन फेरि प्रधानमन्त्री चाहियो माधव नेपालको पार्टीले आउने चुनावमा एउटा वडा सदस्य पनि जित्न नसक्ने दावी गरे । उनले भने, प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर । माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन् ।’

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: