१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुदूरपश्चिम इन्चार्ज म नै हुँ, रावलले उपाध्यक्षको हैसियतमा सहजीकरण गर्नुहुन्छ : भट्ट



काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको बताउँदै आफु इन्चार्ज रहेको विषयमा कुनै विवाद नरहेको भट्टले दाबी गरे ।

प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले सुदूरपश्चिमको इन्चार्जमा आफू, अध्यक्षमा कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावलले सहजीकरण कार्यदलको नेतृत्व गर्ने पनि बताए ।

नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दावी गरे । एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला भट्टले विवाद नभएको जिकिर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !