१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुने



काठमाडौं ।  कक्षा १२ को बार्षिक परीक्षा आजबाट हुँदैछ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु भएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकेकोले अब परीक्षाका लागि अनुकुल वातावरण भएको विज्ञहरुले पनि बताएका छन् ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर महामारी बढेसँगै परीक्षा रोकिएको थियो । कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने हुँदैछन् । विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था गरिएको छ । शैक्षिक सत्र खेरा नजाओस् भन्ने उदेश्यले यो परीक्षाको नतिजा आगामी मंसिरसम्ममै प्रकाशन गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय