१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित



काठमाडौं । नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठक सुरु हुँदै एमाले सांसदहरुले उठेर बिरोध गरेका थिए । त्यसपछि अध्यक्ष गणेश तिम्सिनाले असोज ५ गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिनुभएको थियो । बैठकले पूर्वनिर्धारित कार्यसूचीमा प्रवेश नै गर्न पाएन । आजको राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।

त्यस्तैगरी दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो । तर कार्यसूचीको तेस्रो नम्बरमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको घोषणा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !