१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेपालमा ५० जनामा स्क्रब टाइफसको संक्रमण, मृत्यु भएका १६ जना संक्रमित रहेको पुष्टि



काठमाडौं । २०७२ को भूकम्पपछि नेपालमा देखिन थालेको स्क्रब टाइफस रोग यस वर्ष ५० जनामा देखिसकेको छ । एक प्रकारको सानो किर्नाको टोकाइबाट सर्ने यस रोगको लक्षण कोरोना संक्रमणसँग मिल्दो जुल्दो हुने चिकित्सकहरू बताउँछन् । ज्वरो, शरीर दुख्ने नै यसको मुख्य लक्षण हो । ज्वरोको कारण नखुलेका र कोरोना संक्रमण नेगेटिभ देखिएका सबै व्यक्तिहरूले स्क्रब टाइफसको परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह पनि गरेको छ ।

वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । यस वर्ष मृत्यु भएकामध्ये १६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । जसमध्ये पाल्पामा सबैभन्दा बढी चार जना मृत्यु भएका व्यक्तिमा स्क्रब टाइफस पोजेटिभ देखिएको प्रवक्ता डा. अधिकारीको भनाइ छ । उहाँका अनुसार चितवन र कैलालीमा मृत्यु भएकाहरूमा पनि संक्रमण देखिएको छ ।

स्क्रब टाइफसको औषधि सहज रूपमा पाइने र परीक्षण पनि सहज भएकाले ज्वरो र ज्यान दुख्ने लक्षण भएका बिरामीहरूमा कोभिड–१९ नदेखिए स्क्रब टाइफसको पनि परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय यो रोगका संक्रमित बढ्न थालेसँगै मन्त्रालयले पनि सजग रहन सचेत गराएको छ । ज्वरोका कारणहरू खोज्ने क्रममा यस रोगको पनि परीक्षणको सिफारिस गर्न उनले स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय