८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मासिक ३०० रुपैयाँसम्म इन्टरनेटको शुल्क बढाउने आइस्पानको निर्णय



इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले इन्टरनेटको शुल्क बढाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने भएको हो ।

विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायक बीच पोलभाडा विवाद विगत तीन बर्षदेखि हुँदै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री पोलभाडा विवादमा पछि नहट्ने बताएपनि  एक्कासी सेवाप्रदायकले शुल्क बढाउन बाध्य भएको आइस्पानका एक अघिकारीले बताए ।

उनका अनुसार उर्जा मन्त्री पम्फा भुसाललाई भेटर पोलभाडा विवाद मिलाउन आग्रह गरेपनि नमानेपछि सेवाप्रदायकले शुल्क बढाएका हुन । ‘हामीले निर्णय गरेर दूरसञ्चार प्राधिकरणसमक्ष नयाँ शुल्क दर पेस गरिसकेका छौं’ ती अधिकारीले भने ।

जसमा शहरी क्षेत्रमा मासिक १५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँसम्म मासिक शुल्क बढाएको ती अधिकारीले बताए ।

विद्युत प्राधिकरणले ५०० प्रतिशतसम्म बढाएको पोलभाडालाई लिएर आइस्पानले शुल्क बढाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !