१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

रघुजी पन्तले समेत साथ छाडेपछि अचम्मित भए : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनको बेला अन्तिममा एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरूको अपमान हुने गरि नबोल्न र नलेख्न निर्देशन दिएका छन् । पार्टी प्रचार विभाग र समाजवादी प्रेस संगठनका नेताहरूसँगको छलफलमा केही पत्रकारले दोस्रो पुस्ताका नेताहरूले किन धोका दिए भन्दै नेपालसँग प्रश्न गरेका थिए ।

जवाफमा नेपालले छाडेर जानेलाई मिस गरेर के हुन्छ भन्दै सीपी मैनालीदेखि धेरै साथीहरू यसबीचमा छुटेको भन्दै पछिल्लो पटक छुटेका १० स्थायी समिति सदस्य छिट्टै आफूसँग आइदिए हुन्थ्यो भने । नेकपा एस निकट पत्रकार नेताहरूले रघुजी पन्तले समेत माधव नेपाललाई छाडेकोमा अचम्म लागेको भन्दै नेपालसँग यसबारे सोधेका थिए । नेपालले भने आफूलाई पनि अचम्म लागेको मात्र जवाफ दिए ।

काठमाडौंमा तत्काल उपलब्ध नेकपा एक निकट पत्रकारको भेलामा समाजवादी प्रेस संगठनका संस्थापक टंक पन्त, विश्वमणी सुवेदी, नरेन्द्र साउद, पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौगालाईसहित तेजप्रसाद वाग्ले, टिबी लोप्चन, बुद्धवीर वाहिङ राई, ध्रुव लम्साल, भरतराज पोखरेल, भिमसेन राजवाहक, भवानी कार्की, रोहित दाहाल, श्याम रिमाल, ऋतुराज सुवेदी, नारायण पौडेल, मनिता कोइराला, आशिष गुरागाई, भुपराज खड्का, अप्सरा गौतम लगायत सहभागी थिए । १० जनाले छाडेकोबारे अध्यक्ष नेपाल र पत्रकारबीच भएको रोचक प्रश्नोत्तर यस्तो थियो ।


प्रतिक्रिया दिनुहोस !