Thursday, May 1, 2025

ट्रेन्डिङ :

विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

spot_img
spot_img

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताउनुभएको छ । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताउनुभयो ।

सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनीयम च्यालेन्ज कर्पोरेशन ( एमसीसी) विकास परियोजना भएकाले त्यसलाई संसद्बाट अनुमोदन गराउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

फरक प्रसंगमा बोल्नुहुदै मन्त्री कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका माकुना हात्तीको छिट्टै व्यवस्थापन गर्नका लागि आग्रह गर्नुभयो । सो हात्तीका कारणले आरक्षण क्षेत्र आसपासका जनताले निकै समस्याको सामना गर्नुपरेकाले त्यसको केही दिन भित्रै उचित व्यवस्थापन गर्नका लागि सम्बन्धीत मन्त्रालयलाई आग्रह गर्नुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?