Wednesday, April 30, 2025

ट्रेन्डिङ :

जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने

spot_img
spot_img

काठमाडौं । जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने भएको छ । स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

प्रत्येक १० बर्षमा हुने राष्ट्रिय जनगणना गत बुधबारदेखि शुरु भइसकेकाे छ । जनगणनाकाे कार्यलाइ प्रभावकारी रुपमा ताेकिएकै समय भित्र सम्पन्न गर्नका लागि राष्ट्रिय याेजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कृष्ण प्रसाद भुसालले जारी गरेको सूचनामा भनिएको छ ।

‘स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान र निकायमै रहने व्यवस्था मिलाउन लेखी आएको हुँदा सो बमोजिम उल्लिखित कर्मचारीको सरुवा र काज सम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?