Wednesday, April 30, 2025

ट्रेन्डिङ :

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई शनिबार स्वदेश ल्याइने

spot_img
spot_img

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई शनिबार उद्धार गरेर स्वदेश ल्याइने भएको छ । अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो । गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन । उनीहरूलाई फर्काउन नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार नेपाली टोलीले शनिबार बिहान १० बजे काबुल छाड्नेछ । आफगानिस्तानबाट उड्ने चार्टर विमानमा संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि सँगै आउने उनले प्रस्ट पारे । अलपत्र नेपालीलाई काबुलमा यूएनको सहयोगमा सुरक्षित रूपमा राखिएको छ ।

अमेरिकी सेनाले २० वर्षपछि अगस्ट ३० मा अफगानिस्तान छाडेपछि त्यहाँ नेपालीसहित विदेशी नागरिकको सुरक्षालाई लिएर प्रश्न उठिरहेको छ । सरकारले अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरेको थियो । तर, हाल करिब एक हजार नेपाली रहेको देखिन्छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ । यसबाहेक अफगानिस्तानमा अलपत्र परेका थप नेपाली भने हालसम्म भेटिएका छैनन् ।

दिल्ली दूतावासले यसअघि अफगानिस्तानमा रहेका नेपाली खोज्न त्यहीं रहेका नेपालीलाई नै जिम्मेवारी दिएको थियो । जसले गर्दा दूतावासलाई त्यहाँ रहेका सम्पूर्ण नेपालीको अवस्थाबारे थाहा पाउन सहज भएको थियो । दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानलाई समेत हेर्ने भए पनि कूटनीतिक कर्मचारीले काबुल नटेकेको करिब ४ वर्ष भइसकेको छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?