Tuesday, April 29, 2025

ट्रेन्डिङ :

हुम्लामा टोली पुग्नासाथ राजधानीमा चीन विरोधी जुलुश

spot_img
spot_img

काठमाडौं । चीनद्वारा नेपाली भूमि अतिक्रमित भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । सरकारले हुम्ला जिल्लासँग जोडिएको चीनको सीमानजिकै हिल्सामा भूमि अतिक्रमित भएको हो वा होइन भन्ने सम्बन्धमा गठन गरेको छानबिन टोली हिजो बल्ल त्यहाँ पुगेर खोजविन गर्दैछ । तर यता, राजधानीमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर महन्थ ठाकुर तथा राजेन्द्र महतोसङ्गै विभाजनमा गएको लोकतान्त्रिक समाजवादी पार्टीनिकट लोकतान्त्रिक युवा संघले भने चीनले भूमि मिचेको भन्दै हिजो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

पूर्ववर्ती ओली सरकारले गठन गरेको सीमा अध्ययन टोलीले पोहोर हुम्लामा चीनले सीमा नमिचेको निश्कर्ष निकालेको थियो । तर अहिले सरकारले एकाएक गठन गरेको उक्त टोली हिल्सा पुगेको भोलिपल्टै राजधानीमा ठाकुर र महतोनिकट समूहका मुकेश झा र रन्जितकुमार सिंहहरुले चिनियाँ साम्राज्यवाद मूर्दावाद,अतिक्रमित भूभागबाट निक्ली जा जस्ता नारा लगाउँदै निकालेको जुलुसबीच अचम्मको साइनो जोडिन पुगेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?