Wednesday, April 30, 2025

ट्रेन्डिङ :

महिला एसियन कप छनोटमा आज नेपालले फिलिपिन्सको सामना गर्ने

spot_img
spot_img

एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ। उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो आज दिउँसो ३ बजे सुरु हुनेछ ।

समूह एफ को पहिलो खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

मुख्य खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारीबीना नेपालले समूह एफ मा रहेका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

गत साता काठमाडौंमा नेपालले खेलेको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमध्ये एक खेल जितेको थियो भने अर्काे खेल बराबरीमा सकिएको थियो।

नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपेको बताए।

‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रबर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त छौं,’ ग्यारीले भने ।

गत साता बंगलोदशविरुद्ध भएको खेलमा ५ खेलाडीले डेब्यु गरेका थिए। स्ट्राइकर रश्मि घिसिङ, प्रिती राई, सविता राना मगर, सृजना सिंह ठकुरी र रजनी थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।

ग्यारीको २३ सदस्यीय टोलीमा अब नयाँ खेलाडीमा डिफेण्डरद्वय निशा थोकर र विमला विक डेब्यु गर्न बाँकी छ ।

यता, नेपालसँग खेल्ने फिलिपिन्स र हङकङले समेत छनोटमा राम्रो प्रदर्शन दिने बताएका छन्। दुबै टोलीले आफ्नो लक्ष्य भारतमा हुने एसियन कपमा रहेको बताएका छन्। समूह एफ बाट एक टोली छनोट हुनेछ।

यसअघि नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो। जहाँ नेपाल हङकङसँग १–० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो। तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?