६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

प्रदेश २ सरकारले संविधान दिवस नमनाउने



जनकपुरधाम हरेक वर्ष असोज ३ गते मनाइने संविधान दिवस प्रदेश २ सरकारले भने मनाउने गरेको छैन । यसपालि पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने जनाएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउने बेला नभएको बताएका छन् । उनले संविधान दिवस मनाउने समय नभएको भन्दै यसपालि पनि आफ्नो सरकारले उक्त दिवस नमनाउने बताएका हुन् ।

संविधान जारी गरेको दिन मदेशकेन्द्रित दलहरुले ब्लाक आउट गरेका थिए । यही संविधान अन्तरगत रहेर प्रदेश सरकार चलिरहेको भए पनि संविधान दिवस चाहिँ नमान्ने मुख्यमन्त्री राउतले बताए । उनका अनुसार वर्तमान संविधान संशोधन भएर मधेसका मागहरु समेटिएमा मात्रै सविधान दिवस मनाउनु उपयुक्त हुनेछ ।

अहिले प्रदेश २ सरकारमा विशुद्ध मधेसी दलहरु मात्र नभएर कांग्रेस तथा माओवादी केन्द्र समेत सामेल छ । तापनि संविधान दिवसबारे मौन बस्ने प्रदेश सरकारका मन्त्रीहरू बताउँछन् । उनीहरूका अनुसार संविधान दिवसकाे विराेध या समर्थन केही नगरेर माैन बस्ने सरकारकाे तयारी रहेकाे छ ।

२०७२ असाेज ३ गते संविधानसभाबाट निर्मित नेपालकाे संविधान तत्कालीन राष्ट्रपित रामबरण यादवद्वारा जारी गरिएकाे थियाे । साेही दिनकाे सम्झनामा हरेक वर्ष सरकार तथा कर्मचारी प्रशासनले असाेज ३ गते संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउँदै अाएकाे छ ।


प्रतिक्रिया दिनुहोस !