दार्चुलाका १० वटा बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयलाई आग्रह « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

दार्चुलाका १० वटा बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयलाई आग्रह



दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा बाढीपहिरोका कारण क्षतविक्षत बस्तीहरू स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । बाढी र पहिरोले जमिन भासिएर बस्न जोखिम भएकाले विभिन्न ठाउँका १० वटा बस्ती स्थानान्तरणका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो ।

भदौ १३ को बाढी र पहिरोले दुहु गाउँपालिका–२ का नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा ५ का सिमार, नागचौपाती, मखमाली, दमाउढुंगा, चुच्चौगाडा र वडा ३ को श्रीबगड बस्तीमा जमिन भासिएर चिरा–चिरा भएको थियो ।

बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासका लागि बस्ती स्थानान्तरण गर्न सम्बन्धित निकायसमक्ष पहल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दुहु–२, ३ र ५ वडामा बाढीपहिरोका कारण धनजनको क्षति भएको थियो । क्षतिग्रस्त बस्तीहरू नरोली, राता, गुना, अफरे, बथ्थोली, सिमार, सुत्खोलाबाहेकका बस्तीहरूमा पनि जमिन भास्सिने क्रम नरोकिएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।

जमिन चिराचिरा भएर क्षति पुर्‍याइरहेकाले भौगर्भिक अध्ययनका लागि भूगर्भ विभागको टोली गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

बैठकले यस वर्षको अविरल वर्षाका कारण विभिन्न मितिमा वर्षासँगै आएको बाढी, पहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहहरूमा घररआवास पूर्ण क्षति तथा जोखिम भई परिवारहरू विस्थापित भएका छन् । विपद् पीडित परिवारहरूलाई स्थानीय तहहरूबाट सिफारिस भएअनुसार पुनस्स्थापना, पुनर्निर्माण र मर्मत प्रबलीकरण कार्यका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले लघु जलविद्युत् योजना, विद्युत् पोल, झोलुंगे पुल, आरसीसी पुल, मोटरेबल पुल, खानेपानी योजना, सिँचाइ योजना, विद्यालयहरू, सडक बाटो, सरकारी कार्यालयजस्ता संरचनाहरूमा भएको क्षतिको पुनर्निर्माण कार्यका लागि संघीय सरकार र प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको छ ।

महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को सीमा क्षेत्र श्रीबगरमा दार्चुला–टिंकर सडकको मोटरेबल पुल बगाएपछि दुहु भेगमा जान समस्या भएको छ । अहिले उक्त क्षेत्रको यातायात सेवा अवरुद्ध भएको छ ।अपी हिमाल गाउँपालिका–३ र ४ स्थित गौडे खोलामा आएको बाढीका कारण केही घरहरू उच्च जोखिममा रहेकाले उक्त खोला किनारमा तटबन्ध निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गरिने भएको छ ।

मौसमजन्य प्रकोपले जिल्लाका मार्मा गाउँपालिका र महाकाली नगरपालिकालगायत क्षेत्रमा भएको क्षतिका बारेमा छलफल गरी त्यसको पुनर्निर्माणका लागि संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

ओली प्रतिगमनकारी हुन्, अष्टलक्ष्मी जी किन टाँसिनु भएको ? मार्गप्रशस्त गर्नुस् : पाण्डे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता एवम् गठबन्धनबाट मुख्यमन्त्री उम्मेदवार राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । ‘३९ दिन भयो, उहाँ अल्पमतमा परेको । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर, आजसम्म उहाँ किन टाँसिएर बस्नुभएको हो मलाई अचम्म लागेको छ,’ प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पाण्डेले भने, ‘म उहाँलाई मार्गप्रशस्त गर्न आग्रह गर्दछु ।’

उनले चार दलीय गठबन्धन किन बन्यो भन्ने कुरा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राम्रो जानकारी भएको बताए । ‘केपी ओली प्रतिगमनकारी हुन् । उनलाई कमरेड भन्न मन नै छैन । उनी कम्युनिष्ट नै होइनन् । उनले संविधानमाथि हमला गरे । संसद्‌लाई समाप्त गर्ने कोसिस गरे भनेर अष्टलक्ष्मीजीले गर्नुभएको भाषण अहिले पनि ताजै छ,’ पाण्डेले भने, ‘अब फेरि उहाँ ती नै मान्छेहरुसँग उभिएर मुख्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । तर हामी प्रतिगमनको विरुद्धमा उभिएको गठबन्धनमा छौँ । त्यसैले उहाँलाई विश्वासको मत दिन सक्दैनौँ । नेता पाण्डेले गठबन्धन संविधान, संघीयता र समावेशिताको रक्षाका लागि बनेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस !

बागमतीमा पनि ढल्दै एमालेको सरकार, पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति जुटाएको हो । यो सहमति पछि पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निकट बानियाँको पक्षमा वातावरण बनाउन कांँग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पुगेका थिए । तर महतले गठबन्धन भित्र मुख्यमन्त्रीमा पाण्डेलाई अगाडि बढाउने सहमति जुटाएर फर्केका छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन नेकपा एससहित माओवादी केन्द्र र नेपाली कांँग्रेसले सहमतिमा हस्ताक्षर गरिसकेका छन् । पाण्डे माधव नेपालका विश्वास पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: