१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सरकारलाई सहयोग गर्न कर्मचारीलाई एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको स्मरण गर्दै उहाँले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिन अपिल गर्नुभयो ।

जनताको कामलाई समय सकियो भनेर रोक्नेभन्दा समय दिएर गर्नेतर्फ ध्यान दिनसमेत उहाँले आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !