Thursday, May 1, 2025

ट्रेन्डिङ :

कार्टुनिष्ट रविन सायमिले गरे पदक नलिने घोषणा

spot_img
spot_img

काठमाडौं । कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् ।

संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियाे ।

तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

सायमिले भने, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’ आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे भएकाले यो पदक लिन नसुहाउने’ उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।

सातौं संविधान दिवसको अवसरमा सरकारले ९०० बढीलाई विभिन्न पदकबाट विभूषित गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?