१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो, एक साताभित्र शाक्य र आचार्यलाई हटाउछौँ : नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र एक नम्बर र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको बताए ।

‘सुदूरपश्चिममा एक नम्बर पार्टी भएका छौं । दुई नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी अघि उभिएका छौं । कर्णाली प्रदेशमा टक्कर दिएर धूलो चटाइदिएका छौं,’ उनले भने, ‘१ र ३ (वाग्मती) प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं । यो पार्टीमा ९ प्रतिशत छ, ५ प्रतिशत छ भनेर झूटा प्रचार कसैले गर्छ भने त्यसलाई नपत्याउनुस् ।’ गण्डकी प्रदेशमा भने आफू पक्षधर नेता कार्यकर्तालाई विगतमा टिकटबाट बञ्चित गराएर माथि उठ्नै नदिइएको उनले बताए । भने, ‘यहाँ पनि पीडित छन् । देशभरिका पीडित–पीडित एकताबद्ध भएका छौं ।’

गोर्भाचोभले रुसमा कम्युनिस्ट पार्टी र समाजवाद सिध्याएजस्तै त्यसको नेपाली चरित्र नेपालमा जन्मिएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले तत्काल एमालेमा फर्कने वा अन्य कुनै पार्टीसँग एकता गर्ने नभई आफ्नै शक्तिको भरमा अगाडि बढ्ने बताए । हिजोको कुरा सम्झेर हुँदैन । त्यहाँको जम्मै ढोका बन्द भइसक्यो । हामीलाई फासीको सजाय दिइएको हुनाले ‘महाराजधिराजले’ आम माफीसमेत दिइसके । भोलिपल्ट फेरि सजाय दिए । फेरि मृत्युदण्डको सजाय दिएका छन्,’ ओलीतर्फ इंगित गर्दै उनले भने, ‘त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस् । हामी यो पार्टीलाई अगाडि बढाउने छौं ।’ बाहिर प्रचार भएजस्तो माओवादीसँग एकता नहुने उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !