१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पाकिस्तानमा संविधान दिवस



संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाली राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरिएको थियो ।

पाकिस्तान सरकारले लागू गरेको स्वास्थ्य, सुरक्षासम्बन्धी मापदण्ड पालना गरी आयोजित उक्त कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली तथा नेपाली विद्यार्थी एवं कूटनीतिक परिवारका सदस्यहरूको उपस्थिति थियो ।

राजदूत अधिकारीले नेपालको संविधानको मर्म र भावनाअनुरूप इमान्दार भएर काम गर्न अपरिहार्य भएको बताउँदै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको उक्त दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !