८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो



आईसीसी वर्ल्डकप लिग–२ मा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट भएका छन् । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरको पहिलो बलमै भुर्तेललाई गुमाएको हो । भुर्तेललाई कालीमुलाहले आउट गरेका हुन् ।

चौथो ओभरको खेल समाप्तिमा नेपालले १ विकेट गुमाएर १८ रन बनाएको छ । यसअघि नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १२१ रनमा अल आउट भएको थियो ।


प्रतिक्रिया दिनुहोस !