Wednesday, April 30, 2025

ट्रेन्डिङ :

सोमबार के होला शेयर बजार सूचक, बेच्ने की किन्ने ?

spot_img
spot_img

तरलता सङ्कट र बढ्दै गएको ब्याजदरको त्रासमा घट्दै आएको शेयर बजारले सोमबार निर्णायक भूमिका खेल्ने बताइएको छ। प्राविधिक विश्लेषणको आधारमा शेयर बजारले सोमबार निर्णायक भूमिका खेल्ने बताइएको हो।

पछिल्लो समय शेयर बजार घट्दो लयमा देखिएको छ। घट्दो लयमा देखिएको बजारले कुन दिशा तय गर्ला भन्ने विषयमा आम लगानीकर्ताको ठूलो चासो छ। सर्वसाधारण लगानीकर्तामा बजारको अवस्था कस्तो होला भन्ने कौतुहलता चलिरहँदा बजारले सोमबार सपोर्ट लेभल चेक गर्ने प्राविधिक विश्लेषकहरूले बताएका छन्।

प्राविधिक विश्लेषणमा पनि २८ सय र २७ सयमा महत्त्वपूर्ण सपोर्ट लिने विश्लेषकहरूको विश्लेषण छ। एक थरीले २८ सयबाटै जबरजस्ती फर्किनु पर्ने दाबी गरिरहँदा अर्का थरीले २७ सयको सपोर्ट लिनु पर्ने बताएका छन्।

एक थरीले भने पछिल्लो समय बन्द भएको २८ सयको बिन्दुलाई सपोर्ट बिन्दुको रुपमा लिएका छन्। जुन बिन्दुमा शेयर बजार देखिएको छ। यस साताको अन्तिम कारोबार दिन सूचक २८ सय १२ अंकमा देखिएको हो। उक्त बिन्दु नै निर्णायक बिन्दु रहेको उनीहरूको भनाइ छ।

उनीहरूका अनुसार गत जेठ ५ गते पहिलो पटक बजारले २८ सयको लाइन छोएको थियो। उक्त दिन बजार २८२१।७१ अंक सम्म उक्लिएको थियो। त्यसपछि थोरै ओर्लिएको बजारले पुनस् असार एक गते ३०५९ अंक भेट्टाएको थियो। माथिल्लो अंक छोएर तल झरेको बजार २८ सय अंकसम्म ओर्लियो। साउन ६ गते बजार २८ सय १५ अंकसम्म ओर्लियो। तर २८ सयको दरिलो सपोर्ट पाउँदै बजार पुनः माथि उक्लियो। भदौ ३ मा बजारले सर्वाधिक उचाइ कायम गर्‍यो।

त्यसपछि घटेको बजारले पुनः भदौ २० मा २८ सयको सपोर्ट लेबल टेस्ट गर्‍यो। त्यसपछि बजार पुनस् माथि उक्लियो। तर उक्त वृद्धि भने टिकाउ हुन सकेन । बजार पुनस्ओर्लियो। पछिल्लो समय बजार पुनस् २८ सय कै बिन्दुमा ओर्लिएर बन्द भएको छ। सोमबार बजार त्यही बिन्दुबाट खुल्ने छ। यसअघि पटक पटक उक्त बिन्दुको सपोर्ट लिँदै तल माथि गरिरहेको बजारले सोमबार भने कस्तो प्रतिक्रिया दिन्छ। त्यसैको आधारमा बजारले २८ सयको दिशा तय गर्ने उनीहरूले बताएका हुन्।

सोमबार बजारले हरियो क्यान्डल बनाउँदै अघि बढेमा बजारकालागि पुनस् २८ सयको सपोर्ट लेभल थप बलियो हुने छ। बजार पुनस् २९ सय ५० देखि तीन हजार २५ को बिन्दु पछ्याउँदै अघि बढ्ने छ। तर उक्त बिन्दुमा भन्दा तल बजार आएमा भने उक्त सपोर्ट लेभल तत्कालका लागि भत्किने छ। बजारले अर्को सपोर्ट खोज्दै पुनस् ओरालो बाटो समाउने छ। उसले २५ सय ५० देखि २६ सयको अर्को सपोर्ट लिने २८ सयमा सपोर्ट लिन्छ भन्नेहरूको तर्क छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?