Wednesday, April 30, 2025

ट्रेन्डिङ :

प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको छ: कुलमान घिसिङ

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको बताएका छन्।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत खपत बढाउन नसकेको बताए।

‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, त्यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ’, उनले भने, ‘हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्‍यो।’

निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताए।

प्रसारण लाइनका कारण दैनिक विद्युत खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ।

चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिङ्गल सर्किटबाट ९० मेगावाट मात्रै विद्युत पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेगावाट विद्युत बुटवलसम्म पुर्‍याउन सकिने उनको भनाइ छ।

नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उनले बताए।

निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगञ्जसम्म विद्युत लोड बढाउन आफूहरू लागि परेको बताउँदै यसका लागि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चाँडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।

तामाकोशी परियोजनाबाट अहिले दुई हजार मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुँदा भरतपुरदेखि पश्चिम जान नसकेको जानकारी दिँदै उनले विद्युतको खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै जानुपर्नेमा जोड दिए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?