Wednesday, April 30, 2025

ट्रेन्डिङ :

मुलुकभर थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जनाद्वारा स्वास्थ्यलाभ

spot_img
spot_img

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार७८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७४ हजार ६२९ पुगेको छ ।पछिल्लो २४ घण्टामा २९५७ जना कोरोनामुक्त भए, ८ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५२ हजार १७०पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८१७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ४४ हजार ६२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?