Wednesday, April 30, 2025

ट्रेन्डिङ :

सरकारले खर्च नगर्दा बैंकिङ प्रणालीमा चर्कियो तरलता अभाव: ११ अर्ब ४४ करोड एसएलएफ सापटी

spot_img
spot_img

सरकारले खर्च गर्न छाडेपछि बैंकिङ तरलता अझ चर्किन थालेको छ। दुई दिनको सार्वजनिक बिदापछि सोमबार खुलेका बैंकहरुले एकै पटक ११ अर्ब ४४ करोड रुपैयाँ स्थायी सुविधा चलाएका छन्।

यसबाहेक ओभरनाइट रिपो एक अर्ब १७ करोड रुपैयाँ उठाएका छन्। सोमबार अन्तर बैंक सापटी ४.९८ प्रतिशतसम्म पुगेको छ। चालु बर्ष ओभर नाइट रिपो २२ खर्ब ३१ करोड रुपैयाँ उठाइसकेका छन्।

बैकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) ६ पटक उठाएका छन्। चालु आर्थिक बर्ष मात्रै ३ खर्ब ६६ अर्ब ७३ करोड रुपैयाँ उठाएका छन्।

ओभरनाइट रिपोको ब्याज दर साढे तीन प्रतिशत हुन्छ भने एसएलएफको पाँच प्रतिशत। एसएलएफ सात दिन अवधिको हुन्छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?