Thursday, May 1, 2025

ट्रेन्डिङ :

सेयर बजारमा पहिरो,नेप्से परिसूचक ४ प्रतिशत घट्दै २७०० विन्दुभन्दा तल झर्यो

spot_img
spot_img

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २७५०–२८०० विन्दुको बलियो टेवा क्षेत्रलाई तोडेर तल झरेको छ। यस दिन नेप्से परिसूचक ४ प्रतिशत घट्दै २७०० विन्दुभन्दा तल झरेको छ।

यस अघि नेप्सेले बारम्बार २७५०–२८०० क्षेत्रमा टेवा पाइरहेको थियो। त्यसैले, यस दिन पनि नेप्सेले सो क्षेत्रमा टेवा पाइ उकालो लाग्ने आंकलन लगानीकर्ताहरुले गरेका थिए। तर, लगानीकर्ताहरुको अपेक्षा विपरित नेप्सेले त्यहाँ टेवा पाउन सकेन। यद्यपि, कारोबार अवधिमा भने नेप्सेले सो टेवा विन्दु बारम्बार परीक्षण गरेको थियो।

सोमबार नेप्से परिसूचक ११४.०२ अंक घटेर २६९८.२४ विन्दुमा झरेको छ। नेप्से ४ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो। यस अघि गत बैशाख ३० गते नेप्से २७०० विन्दुभन्दा मुनि अर्थात २६८४.०१ विन्दुमा रहेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स १९.५१ अंक घटेर ५०६.२७ विन्दुमा पुगेको छ।

सोमबार बजारमा २२५ कम्पनीको १ लाख ७ हजार ५९६ पटकको कारोबारमा ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका २२५ कम्पनीमध्ये यस दिन ९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये ४ लघुवित्त कम्पनी रहेका छन् भने ३ ऋणपत्र रहेका छन्। यस दिन पोखरा फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुडविल फाइनान्स, घलेम्दी हाइड्रोपावर, हिमालयन उर्जा, आइसीएफसी फाइनान्स र युनाइटेड इदी मार्दीको शेयरमूल्य १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ६५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार पनि १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.५६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?