Wednesday, April 30, 2025

ट्रेन्डिङ :

आज एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, नेताहरूको कार्यविभाजन हुने

spot_img
spot_img

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको केन्द्रीय कमिटीको पहिलो वैठक बस्न लागेको हो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने भएको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, आयोग गठन, विस्तार तथा सुदृढीकरणको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ । बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?