Wednesday, April 30, 2025

ट्रेन्डिङ :

नमस्कार गर्दा कर्मचारीको भागाभाग

spot_img
spot_img

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सोमबार बिहानदेखि नै सेवाग्राहीको लाम लाग्यो। कोरोना महामारीका कारण बन्द कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड लाग्दो रहेछ। जहाँ बिचौलियाको यति बिगबिगी रहेछ कि एक सेवाग्राही गाडीबाट झर्नासाथ तानातानमा परे। त्यसपछि रिसाएका उनी भन्दै थिए– ‘यहाँ त बचेर जानै मुस्किल रहेछ। पानी बेच्नेले पनि लाइसेन्स बनाइदिन्छ रे  फलफूल बेच्नेले पनि भित्र कनेक्सन मिलाइदिन्छ रे ’

कसैले ‘नमस्कार’ भने पनि कर्मचारीले बिचौलियाकै कारण हतपत नफर्काउने रहेछन्। कारण हो– बिचौलियाले त्यही ‘नमस्कार’लाई सेवाग्राही ‘लुट्ने’ हतियार बनाउँछन्। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा बनाइदिने भनेर रकम असुली फरार हुन्छन्। सोमबार उक्त कार्यालयमा पुग्दा कर्मचारीले यस्तै प्रसंग कोट्याए। ‘नमस्कार फर्कायो भने बिचौलियाहरूले सेवाग्राहीलाई कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्छन्। तब काम हुने विश्वास दिलाएर ठग्ने गरेको पाएका छौं’, प्रशासन शाखा प्रमुख बृहस्पति तामाङले भने, ‘ट्रक, बस, टिपरको लाइसेन्स बनाउन उनीहरूले १ लाख २० हजारसम्म लिएको एक सेवाग्राहीले भनेका थिए।’

बागमती प्रदेशअन्तर्गतको यो कार्यालय वरिपरि ३ सयजति बिचौलिया हुन सक्ने अनुमान गरिएको छ। दिनहुँ नयाँ–नयाँ बिचौलिया आउँछन्। कतिपय कर्मचारीले झुक्किएर नमस्कार फर्काउँछन्। सेवाग्राहीले नै उनीहरूलाई लिएर आउने गरेको दाबी प्रशासन शाखा प्रमुख तामाङले गरे। ‘सेवाग्राहीहरू लाम लागेर टोकन लिन्छन्। छिटो काम गराउन त्यो टोकन बिचौलियालाई दिन्छन्। अनि काम गराउँछन्’, शाखा प्रमुख तामाङले भने, ‘उनीहरूलाई पक्रेर प्रहरीलाई बुझाउँछौं। प्रहरीले कारबाही गर्न उजुरी माग्छन्। सेवाग्राहीले उजुरी दिन मान्दैनन्।’ उनीहरू २४ घण्टामा फेरि कार्यालयको गेटमा आइपुग्ने गरेको देखिएको उनले सुनाए। अन्नपूर्ण पोष्टले लेखेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?