Wednesday, April 30, 2025

ट्रेन्डिङ :

सीमा नाकामा खुलेआम तस्करी, डिआजीले नै तस्करको संरक्षण गरेको आरोप

spot_img
spot_img

सीमा नाकामा खुलेआम तस्करी, डिआजीले नै तस्करको संरक्षण गरेको आरोप
धनगढी । भारतसँग खुल्ला सीमा नाका रहेको कञ्चनपुरमा भारतबाट ठूलो परिमाणमा विभिन्न मालसामानहरु सेटिङमै नेपाल आयात हुने गरेका छन् । कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न स्थानमा रहेका खुल्ला नाकाबाट लामोसमयदेखि तस्करी हुदै आएको छ । विगत लामोसमयदेखि प्रहरीकै सेटीङ्गमा राजश्व छली गरेर विभिन्न माल सामानहरु नेपाल आयात हुँदै आएका छन् । जसको कारण एकातिर राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ भने अर्को तर्फ नेपाली व्यापारीहरु विस्थापत हुन थालेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङ्गमा भारतबाट दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, तेल, साबुन, सोडा, लुगाकपडा खुलेआम नेपाल आयात हुँदै आएका छन् । यो संगै यी नाकाहरुबाट कुखुरा, अण्डा, पिय पदार्थ (कोक, डिउ, मिरीन्डा, स्प्रईड) हार्डवयरका सामान, विभिन्न मेसिनरी सामानहरुका पार्ट, गाडीका पार्टहरु रासायनीक मल आदी माल लगाएत दैनिक लाखौका सामानहरु नेपाल भित्रिने गर्दछ । यस्ता कार्य नियन्त्रणको लागी स्थानीय प्रशासनले कुनै चाँसो नदेखाएको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् । यस क्षेत्रमा खटीएका प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको छ उनीहरुको आरोप रहेको छ । दैनिक लाखौँ मुल्य बराबरका सामान भित्रिने गरेका छन् । तर सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सुरक्षा बल भने नदेखे झै गर्दै आएको स्थानीय बताउँछन् ।

रातको समयमा बढी चोरी निकासी

विषेशगरी रातको समयमा बढी चोरी निकासी हुने गरेको पाईएको छ । रातको समयमा सीमापारी भारतिय बजारमा गई विभिन्न खाले प्रतिबन्धित सामानहरु लागुओषौधरु समेत यी नाकाहरुबाट ओसार पोसार गर्ने ग्रिहो सक्रिय रहेको छ । तर प्रहरीले यस्ता अवैध काम गर्नेहरुसंग महिनावारी ठूलो रकम बुझ्ने गरेकोले यस्ता गतल कार्यले प्रशय पाएको स्थानीय बताउछन् ।

जिल्लामा रहेका सबै सरोकारवाला निकायहरु यस विषयमा जानकारी रहेको भएता पनी यस्ता कार्य रोकथाम तथा नियन्त्रणका लागि भने कसैले चाँसो नदिएको स्थानीय मुरारी विश्वकर्माले बताउछन् । उनी भन्छन्, यस क्षेत्रका प्रहरी प्रमुख डिआईजीले नै तस्करीलाई संरक्षण गरि रहनुभएको छ ।

हप्ता असुलीमा प्रहरी

यस क्षेत्रमा खटिएका प्रहरीहरुले नेपाली व्यापारीहरुसंग मात्र नभई भारतीय व्यापारीहरुसंग समेत हप्ता असुल्ने गरेका छन् । जुन व्यापारीको सामान नेपाल आउछ उनीहरुसंग नेपाली प्रहरीले हरेक हप्ता कमिशन वापतको रकम बुझ्छन् । कमिसन नदिने ब्यापारीकाबाट ल्याएका सामानहरु प्रहरीले समातेर भन्सार बुझाउ छ । जसले कमिशन दिन्छ उसले सामान क्यारीङ्ग गर्नेहरुलाई पसलको नाम लेखि हस्ताक्षर गरेर चिट दिने गर्दछन् । जो संग त्यो चिट छ र प्रहरीलाई चिट देखाउछन् । उनीहरुको सामान समातिदैन बाँकीको सामान समातिन्छ ।’

यति मात्रै होइन, स्थानीयका अनुसार गस्तीमा खटिने प्रहरीले नेपाली व्यापारी र क्यारीङ्ग गर्नेहरुसंग समेत हप्ता असुले असुल गर्दै आएका छन् । यो क्षेत्रमा रहेका शसस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ईन्र्चाज भएर जानलाई पहिला नै मोल मोलाई हुने गर्दछ । उनीहरुले जिल्ला इन्चार्ज प्रहरी उपरिक्षक (एसपी) देखि प्रदेश प्रहरी प्रमुख प्रहरी नावय महानिरीक्षक (डिआईजी) लाई मासिक यती रकम बुझाँउछु भन्दै मोलमोलाई गरेर ईन्चार्जमा जान गरेको प्रहरी स्रोतले नै जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?