Wednesday, April 30, 2025

ट्रेन्डिङ :

एकीकृत समाजवादीमा व्यक्तिवाद, गुटवाद, एकाधिकार, हुकुमी प्रवृत्तिलाई स्थान छैन : नेपाल

spot_img
spot_img

काठमाडौं । नेकपा एकीकृत (समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताउनुभएको छ । काठमाडौँमा मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गरेर नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताउनुभएको हो ।

उहाँले विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्ने भन्दै आफ्नो नेतृत्वको पार्टीले जनताको विश्वास जितेरै छाड्ने दाबी गर्नुभयो । अध्यक्ष नेपालले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेको आरोप पनि लगाउनुभयो ।

उहाँले आफ्नो पार्टी यथास्थितिवादी नभई परिवर्तनकारी हुने दाबी गर्दै देश, जनता र युवाको आवश्यकता तथा चाहाना अनुसार परिवर्तन गरेर अघि बढ्ने बताउनुभयो ।  अध्यक्ष नेपालले ‘व्यक्तिवाद, गुटवाद, एकाधिकार, हुकुमी प्रवृत्तिका विरुद्ध सामूहिकताको भावनामा अघि बढ्ने विश्वास पनि दिलाउनुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?