१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कर्मचारी भवन कब्जा गर्न दुई समूहको होडबाजी, झडप भएपछि प्रहरीले भ्यानमा कोच्यो



काठमाडौं । बबरमहलको सिसैसिसाको भवन कब्जा गर्न दुई समूहको होडाबाजी चलेको छ । नेपाल निजामती कर्मचारी संगठनको भवन कब्जा गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका कर्मचारी र एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट कर्मचारी नेताहरुको बीचमा भवन कब्जा गर्न तानातान चलेको छ । जुन भवन एमाले फुटेपछि तानातान अवस्थामा छ ।

सिंह्दरबारको मुखैमा रहेको उक्त भवन आफ्नो रहेको भन्दै दुवै समूहले दाबी गरेपछि झडप नै भएको छ । सोमबार दुवै समूहका कर्मचारी नेताहरु संगठनको भवनका आधिकारिता आफ्नो रहेको भन्दै पुगेका थिए । आधिकारिकताका साथ भवनमा पुगेका दुवै समूहका कर्मचारी नेताहरु अन्ततः जुध्न पुगे । भवन विवादमा दुई समूहका कर्मचारी नेताहरुबीच झडप भएपछि प्रहरी नै आएर उनीहरुलाई भ्यानमा कोचेको थियो । प्रहरीले पक्राउ गरेका ओलीनिकट कर्मचारी नेताहरुलाई वडा प्रहरी कार्यालय सिंहदरबार र नेपालनिट कर्मचारी नेताहरूलाई प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा हिरासतमा राखियो ।

संगठनको ओली पक्षधर खेमाको बैठकले अध्यक्षमा केदारप्रसाद देवकोटालाई चयन गरेको छ भने माधव नेपाल खेमाले पूर्व महासचिव रेवन्त गौतम अध्यक्षमा चयन गरेको छ । संगठनबाट आधिकारिक ट्रेड युनियनमा ओली समूहका केदार देवकोटालाई पठाउने निर्णय भएको छ भने नेपाल समूहबाट मोहन घिमिरेलाई पठाउने निर्णय भएको छ । एमाले फुटेपछि फुटेको कर्मचारी नेताहरुले एक अर्काको समूहलाई कारवाही गर्दै संगठन र ट्रेड युनियनमा कर्मचारी नेता चयन गरेको छ । तर, वास्तवमा को आधिकारिकता हो रु भन्ने विवाद भने झन् चर्कदो छ ।

यसैबीच घिमिरे पक्ष आधिकारिकता दाबी गर्दै श्रम कार्यालयमा गएको छ । गौतम नेतृत्वको संगठन नै आधिकारिक भएकाले केन्द्रीय कार्यालय पनि स्वभाविक रुपमा आफूहरुकै हुने दाबी संगठनका महासचिव शरण गुरुङले गरेका छन् । बबरमहलमा रहेको संगठनको केन्द्रीय कार्यालय आफूहरुको प्रयासमा बनेको महासचिव गुरुङले बताए । उनले भने ‘हामीले तिरेको लेबीले बनेको कार्यालयमा हामीलाई रोक्न खोज्नु दुर्भाग्यपूर्ण हो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय