Wednesday, April 30, 2025

ट्रेन्डिङ :

पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको मृत्यु

spot_img
spot_img

काठमाडौं । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको प्रहरीले बताएको छ । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो । पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएका थिए । प्रहरी टोलीले पुरिएको कोठाबाट शव निकालेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?