१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको जनाएको छ । परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ ग्रहण भने बाँकी रहेको सचिवालयले जनाएको छ । खड्कालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !