१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोइलाबाट सञ्चालित आयोजना निर्माणका लागि चीनले आर्थिक सहयोग नगर्ने सीको घोषणा



एजेन्सी : चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइलाबाट सञ्चालित बिजुली आयोजना निर्माणका लागि चीनले आर्थिक सहयोग नगर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै सीले सो अभिव्यक्ति दिएका हुन् । चीनले इन्डोनेसिया र बङ्लादेश लगायतका विकासशील देशहरुमा कोइला परियोजनाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । चीनमाथि विश्वमा कार्बन उत्सर्जन घटाउन पेरिस जलवायु सम्झौताका लक्ष्यहरु पूरा गर्न मद्दत पुर्याउन आर्थिक सहयोग बन्द गर्न ठूलो कूटनीतिक दबाबमा रहेको छ। सीको मंगलबारको घोषणा यस वर्षको शुरुमा दक्षिण कोरिया र जापानको यस्तै कदम पछि भएको थियो।

चीनले हरित र कम कार्बन उत्र्सजन गर्ने ऊर्जाको विकासमा अन्य विकासशील देशहरुलाई सहयोग गर्ने र विदेशमा नयाँ कोइला आधारित बिजुली परियोजनाहरु निर्माणका लागि आर्थिक सहयोग गर्ने छैन सीले वार्षिक संयुक्त राष्ट्र सम्मेलनमा सम्बोधनका क्रममा भने। संयुक्त राज्यका राष्ट्रपति जो बिडेनले गरीब राष्ट्रहरुलाई आर्थिक सहायता दोब्बर गरी सन् २०२४ सम्म ११.४ बिलियन डलर गर्ने योजना घोषणा गरेपछि चीनले उक्त प्रतिज्ञा गरेको हो।


प्रतिक्रिया दिनुहोस !