१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मन्त्रिपरिषद् विस्तारको विषयमा कांग्रेसभित्र असन्तुष्टि चुलियो, पौडेल समूहले बोलायो बैठक



काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह आक्रोशित भएको हो । मन्त्रिपरिषद् विस्तारका विषयमा असन्तुष्ट पौडेल समूहले बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे महामन्त्री डा. शशांक कोइरालाको निवास महराजगन्जमा बस्ने बताइएको छ ।

पौडेल समूहले नेत्री सुजता कोइरालालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउन चाहेको थियो । तर, देउवाले पार्टीमा छलफल नगरी डा. खड्कालाई मन्त्री बनाएका हुन् । “पार्टीभित्रै भागबन्डा नमिलेसम्म अब मन्त्रिपरिषद् विस्तार रोक्ने गरी छलफल हुनेछ,” समूहका एक नेताले भने । बैठकमा पार्टी अधिवेशनको विषयमा पनि छलफल हुने उनले बताए । १३ जिल्लाको वडा अधिवेशन बाँकी रहँदा कार्यतालिका प्रभावित हुने भय कांग्रेसमा छ ।

यस्तै, डडेलधुरा, मोरङ र सिन्धुपाल्चोकको वडा अधिवेशबाट पौडेल पक्ष संस्थापन पक्षसँग झस्किएको छ । एक नेताका अनुसार डडेलधुरापश्चात् मोरङ र सिन्धुपाल्चोक जिल्लामा भएको घटनाले महाधिवेशनको निष्पक्षतामाथि पौडेल–कोइराला समूहमा भय बढेको छ ।


प्रतिक्रिया दिनुहोस !