Wednesday, April 30, 2025

ट्रेन्डिङ :

महासचिव चयनका लागि एकीकृत समाजवादीको बैठक लम्बियो

spot_img
spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव छनोट र तीन महिने कार्ययोजना तय गर्नका लागि केन्द्रीय कमिटीको बैठक लम्ब्याएको छ । केन्द्रीय कमिटीको बैठक बुधबार नै सम्पन्न गर्ने नेकपा (एस) ले तय गरेपनि पार्टीको महासचिव चयनका लागि बैठकको समय एक दिन थप गरिएको हो । ‘पार्टी केन्द्रीय कमिटी बैठक भोलि (बिहीबार) बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने छ,’ प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले भने ।

बिहीबारको बैठकले पार्टी निर्माणका लागि तीन महिने राष्ट्रिय अभियान पनि पारित गर्ने छ । यसैगरी बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित गरिएको छ । त्यसअघि नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफलका लागि निर्माण गरिएको पाँचवटा समूहमा आएको धारणाहरु समूहका नेताले प्रस्तुत गरेका थिए ।

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष नेपालले जबजको सारभूत विचारलाई पक्रदै समाजवाद र समृद्धि तर्फ जाने बताएको खतिवडाले भने, आफूहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताउनुभयो ।’

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनाव चिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?