Wednesday, April 30, 2025

ट्रेन्डिङ :

ब्याजदर बढाउने बैंकहरुलाई राष्ट्र बैंकले माग्यो साउनदेखि असोजसम्मको वर्कसीट

spot_img
spot_img

बैंकहरु निक्षेपको ब्याजदर बढाउन होडबाजी गरिरहेको बेला नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्दै साउनदेखि असोज ४ गतेसम्मको वर्कसीट मागेको छ । बैंक तथा वित्तीय संस्थाको नियमक निकाय केन्द्रीय बैंकले असोज ७ गतेभित्र वर्कसीट इमेल गरिसक्न समेत भनेको छ ।

एकीकृत निर्देशन २०७७ को निर्देशन १५ को पालन नगरी विगत केही समययता वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर निर्धारण, प्रिमियम निर्धारण, ब्याजदरको सूचना प्रकाशन तथा संस्थागत निक्षेपको ब्याजदर निर्धारणजस्ता कार्य गरेपछि केन्द्रीय बैंकले वर्कसीटसमेत माग गरेको हो ।बैंक तथा वित्तीय संस्थाले असोज ७ गतेभित्र वर्कसीटको सफ्ट कपी केन्द्रीय बैंकमा पठाइसक्नुपर्ने छ ।

बैंकले तरलता अभाव भएको मौका छोपेर धमाधाम निक्षेपको ब्याजदर बढाउन लागिरहेका थिए । निक्षेपको ब्याजदर बढेपछि आधार दर बढ्छ र आधार दर बढेपछि कर्जाको पनि ब्याजदर बढ्छ । अहिले तत्काल निक्षेपको ब्याजदर बढाउने र केही समयपछि कर्जाको ब्याजदर बढाउने बैंकको आन्तरिक तयारी थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?