Thursday, May 1, 2025

ट्रेन्डिङ :

चिनियाँ कम्पनी सीएचटीसीले पायो साझालाई ४० विद्युतीय बस आपूर्ति गर्ने जिम्मा

spot_img
spot_img

साझा यातायातले ४० विद्युतीय बस खरिद गर्न चिनियाँ कम्पनीलाई छनोट गरेको छ। साझाले बस आपूर्ति गर्न आवेदन दिएका ९ कम्पनीमध्ये मूल्यांकन गरेर चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको हो।

साझा यातायातले चैत १३ गते ४० बस खरिदका लागि टेण्डर गरेकोमा अधिकांश चिनियाँ कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका कम्पनीहरुको प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट गरेको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए।

‘हामीले उपयुक्त कम्पनी छनोट गरेर सम्झौताका लागि कम्पनीलाई बोलाएका छौं,’ तुलाधरले भने, ‘सम्झौता भएको ४ महिनामा ३ वटा र थप  ४ महिनामा बाँकी ३७ वटा बस उपलब्ध गराउन समय दिएका छौं।’

उक्त कम्पनीले बसमात्रै नभइ त्यसका लागि आवश्यक चार्जर र ५ वर्षको मर्मतसम्भारको जिम्मा पाएको उनले बताए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?