७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जनताको बहुदलीय जनवादलाई हामीले आत्मसात गर्न चाहन्छौं : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई मात्मसात गर्न चाहेको बताएका छन् । उनले भनेका छन्, ‘जनताको बहुदलीय जनवादलाई हामीले आत्मसात गर्न चाहन्छौं, र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं ।’

विहीबार पार्टीनिकट युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जबजको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।त्यस्तै उनले माओ, होचिमिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको बताउँदै त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । उनले भनेका छन्, ‘चीनमा माओ, देङसेवापिङ जस्ता नेताहरु जन्मे । त्यसैगरी, भियतनाममा होचिमिन्हलगायतका नेताहरूले कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए ।’

उनले थप भने, ‘हामीकहाँ पनि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी तुलसीलाल जस्ता योद्धाहरु देखा परे । ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं । उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने पनि बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !