१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारी खर्च खुल्ला



काठमाडौं, ७ असोज

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक–२०७८ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सरकारले पेश गरेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । विधेयक पारित भएसंगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

संघीय संसदको दुवै सदनबाट पारित गरिएको विनियोजन विधेयक प्रमाणिकरणका लागि आज सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयमा पठाइएका थिए ।

गत सोमबार बसेको प्रतिनिधिसभा र बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले पनि विधेयक पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !