१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप १४७६ जनामा कोरोना संक्रमण, १५५० संक्रमणमुक्त, ९ जनाको मृत्यु



काठमाडौं। पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !