११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

निजामती कर्मचारीहरुलाई छात्रबृत्तिमा चीनमा अध्ययन गर्न जाने ढोका खुल्यो



काठमाडौं । निजामती कर्मचारीहरुलाई छात्रबृत्तिमा उत्तरी मुलुक चीनमा अध्ययन गर्न जाने अवसरको ढोका खुलेको छ । चिनिँया दुतावासले अनुदानमा विभिन्न ३८ वटा कार्यक्रममा अध्ययन गर्न जाने कर्मचारीको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ । एक बर्षे,दुई बर्षे र तीन बर्षे ती कार्यक्रमहरु अर्काे बर्ष यही समयबाट प्रारम्भ हुनेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले तालिममा सहभागी हुन चाहने कर्मचारीहरुले नाम थर,पद,सुरु नियुक्ति र हालको पदमा नियुक्ति,सेवा वा समूह,संकेत नम्बर,अध्ययन गर्न चाहेको तह,अध्ययन गर्न चाहेको विश्वविद्यालयसहितका विवरण भरी १५ असोजभित्र इमेल गर्न भनेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस-     


प्रतिक्रिया दिनुहोस !