१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कांग्रेसमा टुंगियो समावेशी प्रतिनिधित्वको विवाद



काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्वको विवाद टुंगिएको छ । अब प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना दलित तथा मधेसी/थारु/मुस्लिम/अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना अनिर्वाय महाधिवेशन प्रतिनिधित्व हुने भएको छ ।

जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दा अल्पसंख्यक समुदायको प्रतिनिधित्व घट्ने भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको थियो । नेपाल दलित संघसम्वद्ध नेताहरुले पार्टी कार्यालयमा धर्ना दिइरहेका थिए भने मुस्लिम लगायतका समुदायका नेताहरु पनि असन्तुष्ट थिए ।

कांग्रेसले तल्लो कमिटीबाटै दलित र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति एकएक जना हुनुपर्ने व्यवस्था गरेको छ । नभए क्षेत्रीय प्रतिनिधिबाट निर्वाचन गर्ने कांग्रेसको निर्णय छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनिने महाधिवेशन प्रतिनिधिमा पनि एक जना दलित र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति एक जना हुनुपर्ने बताएको छ । नभए क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित गर्ने व्यवस्था गर्ने कांग्रेसको निर्णय छ ।

हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । अब यसमा दलित एक जना र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति एक जना अनिर्वाय हुनेछन् ।

यसले महाधिवेशनमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व बढ्ने नेताहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय